stitcherLogoCreated with Sketch.
Get Premium Download App
Listen
Discover
Premium
Shows
Likes

Listen Now

Discover Premium Shows Likes

Mimraj Pandeya

14 Episodes

2 minutes | Jul 31, 2022
Chamchalaai Vote | चम्चालाई भोट - कविता
चम्चालाई भोट   चम्चा तिम्रो हातमा थियो थाली तिम्रै भुइँमा थियो डाडु, पन्युँ, ताउलो र ताप्के तिम्रो भान्छामा थियो तर पोहोरको चुनावमा तिमीले चम्चा रोज्यौ ...  _ _ _  https://www.setopati.com/literature/2... सेतोपाटी, वैशाख २३, २०७९  _ _ _  ✎ 🔊 @Mimraj Pandeya   | 🖥️ @Padam Timilsina  | 🎥 @Prakash Gopali  #NepaliPoem #MimrajVoice #NepaliSahitya
2 minutes | Mar 28, 2022
Manushi by Parijat - मानुषी | पारिजात
तिमी जति गर्न सक्छौ त्यति  म पनि सक्छु   तिमी जतिकै पाखुरी बजार्न सक्छु   तिम्रा सबै अनुभूतिहरु मेरा पनि अनुभूति...   _ _ _  ✎ पारिजात  | 🔊 मिमराज पाण्डेय  | ♬ Pushkar Mahataun #NepaliPoem #Parijat #MimrajVoice #NepaliSahitya
3 minutes | Mar 23, 2022
Sarpako Khojima - सर्पको खोजीमा | भूपि शेरचन
काठमाडौँ, अझ भनौँ यो सिङ्गै देश नै दिन पर दिन कालोनिलो हुँदै गैरहेछ सर्पदंशित मान्छे झैँ   म सर्पको खोजीमा छु हो, म ती विषालु सर्पहरूको खोजीमा छु धेरै अघिदेखि हिँडिरहेछु... - भूपि शेरचन  #BhupiSherchan #MimrajVoice #NepaliPoem Subscribe on YouTube. https://www.youtube.com/mrpandeya
5 minutes | Jan 24, 2022
Madhav Ghimire - Gauri | गाैरी - के लेख्नु मैले पर्‍यो !
धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो ! ✎ माधवप्रसाद घिमिरे | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun
2 minutes | Aug 29, 2021
Ghadiyalko Janmadin Poem by Mimraj Pandeya
गिन्नी, अब मैनबत्ती हैन मट्टितेल ल्याऊ पटकाको ठाउँमा कार्तोस ल्याऊ यसपालि केक ल्याउँदै नल्याऊ घडियाल अघाएको छ जन्मदिनमा यसलाई चिता चाहिएको छ। ✎ 🔊 मिमराज पाण्डेय | 🖥️ Santosh Dawadi | ♬ Pushkar Mahataun | 🎥 Vidhan Gyawali
7 minutes | Jul 6, 2021
Mero Kavitama Jalirajechha Mero Desh By Kali Prasad Rijal
मेरो कवितामा जलिरहेछ मेरो देश आफ्ना जनतालाई पानीसम्म खुवाउन नसक्ने जलस्रोतको धनी कहलिएको छाँगा छहराहरूको यस देशले धेरै नदीनालाहरू बेचेर खाइसक्यो... ✎ कालीप्रसाद रिजाल | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun
3 minutes | May 20, 2021
Chhadera Jane Dina Poem By Ganganath Koirala - Nepali Kavita
त्यागी वैभव, राजपाट अनि ती पत्नी र छोरा पनि लागे गौतमबुद्ध ज्ञानपथमा झूठाे छ माया भनी बुझ्दैनन् तर आज शासक कुनै दृष्टान्त यस्ता किन ? पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन... _ _ _ कवि गङ्गानाथ कोइरालाको सुन्दर रचना ‘छाडेर जाने दिन’ (छन्द: शार्दूलविक्रीडित) वाचन: मिमराज पाण्डेय 
3 minutes | May 17, 2021
Angar, Abhiman Ra Haami - अङ्गार, अभिमान र हामी | Poem By Jay Dev Govinda
छानाले जति अग्लिएँ भनिरहोस् ठाडो बनाई शिर गारो, थाम, बलो, निदाल नरहे बज्रिन्छ धर्तीतिर ✍️ जयदेव गोविन्द 
1 minutes | Apr 8, 2021
Timro Yaad Aaudaina - तिम्रो याद आउदैन Poem by Mimraj Pandeya
तिम्रो याद आउदैन म यात्रामा भएको बेला तिम्रो याद आउँदैन । किनकि, म भेट्छु– बहिनी जस्ता पुष्प वृक्ष, छोरी जस्ता सुनगाभा, आमा जस्ता बुट्यान, बुवा जस्ता रुख, उदास हजुरआमा जस्तो खोला, र उदार हजुरबा जस्तो माटो ।
1 minutes | Sep 19, 2020
K Chha Halkhabar ?
बालकलाई बायाँ छात्ती चुसाउदै उसले एका विहानै फोन लगाई–  कहाँ छौँ ? के छ तिम्रो हालखबर ? यी दुइटा प्रश्नले उसको पूर्व प्रमी स्तब्ध भयो  र मनमनै भन्न थाल्यो...   - मिमराज पाण्डेय
1 minutes | Sep 19, 2020
Aafu Bhitra Hera Gajjab Hunchha
आफूभित्र हेर, गजब हुन्छ । दिनहरू फेर, गजब हुन्छ । पर्दैन सपना सजाएरै राख्न, लेख/मेट/केर, गजब हुन्छ । बेफाइदा/बेहोसीमा सारा समय जानै नदेउ खेर, गजब हुन्छ । हिँड हरेक दिन; बेजोड उज्यालो रगतमा बोकेर, गजब हुन्छ । ...आफूभित्र हेर, गजब हुन्छ । दिनहरू फेर, गजब हुन्छ ।... - मिमराज पाण्डेय
2 minutes | Aug 8, 2020
Chariko Bilap । Poem by Lekhnath Paudyal
शिकारीको झंटा, तनबिच परेथ्यो जब अनि । चरी बोल्यो चीं चीं, गरिकन कठै !! ब्याकुल बनी । म मर्ने बेला भो, तर मनुज ! तिम्रो मनुजता कता भाग्यो त्यसको, भरसक बुझे है तिमि पता...
9 minutes | Jul 20, 2020
मेरा एघार गजल | My 11 Ghazal - Mimraj Pandeya
बाजुराबाट काठमाडौँ आएपछीको समयमा केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे ... कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो । एक लहट चल्योः रेकर्ड गरेर सबैलाई सुन्न मिल्ने बनाऊँ भन्ने, यो सामग्री तयार गर्न कमलराज पाण्डे (दाजु) र सन्तोष दवाडी (सर) बाट सहयोग पाएँ– दुबैलाई धन्यवाद ! म तपाइका प्रतिकृतहरूको पर्खाइमा हुनेछु ।
1 minutes | Jan 30, 2017
Nepala Thulo Bhaya | नेपाल ठूलाे भए
राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे कविताः नेपाल ठूलाे भए । (चैत्र वैशाखबाट)
COMPANY
About us Careers Stitcher Blog Help
AFFILIATES
Partner Portal Advertisers Podswag Stitcher Originals
Privacy Policy Terms of Service Do Not Sell My Personal Information
© Stitcher 2022